आइतबार ६ जेठ २०८१
अर्थ

१५ अंकले घट्यो नेप्से परिसूचक, २ अर्ब ८९ करोड रुपैयाँको कारोबार

सोमबार बैशाख २४, २०८१/ Monday 05-06-24

काठमाडौं । सेयर कारोबार साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। सेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ६२ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ७५ विन्दुमा झरेको छ ।

आज विकास बैंक बाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै पोखरा फाइनान्स र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज बोटलर्स नेपाल तराईको शेयर नौ प्रतिशतले बढेको छ ।

आज ६९ लाख ७८ हजार कित्ता शेयर दुई अर्ब ८९ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्सको ३१ करोड ९८ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

तपाईको प्रतिक्रिया