शनिबार ५ जेठ २०८१
खेलकुद

नेपाललाई हराउँदै वेस्ट इन्डिज ‘ए’ले गर्‍यो उपाधि कब्जा

बिहीबार बैशाख २०, २०८१/ Thursday 05-02-24

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज एले शृंखला कब्जा गरेको छ। लगातर तीन खेल जित्दै वेस्ट इन्डिज एले एक खेल अगावै शृंखला जितेको हो।

टियु क्रिकेट मैदानमा बिहीबार २१० रनको विजय लक्ष्य पाएको नेपाल १ बल अगावै अलआउट भयो। नेपालका लागि कप्तान रोहित पौडेलले बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। कप्ता पौडेलले अर्धशतकसहित ८२ रन बनाए। ४७ बल खेलेका उनले ७ चौका र ५ छक्का प्रहार गरे।

त्यस्तै सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले सामान १९-१९ रन बनाए। त्यस्तै सोमपाल कामीले १०, कुशल मल्लले ४, कुशल भुर्तेलले १ रन बनाउँदै आशिफ शेख, प्रतिश जिसी र ललित राजबंशी शून्य रनमै आउट भए। अविनाश बोहोराले अविजित १७ रन बनाए।

नेपालले यसअघि तीनमध्ये दुई खेलमा हार र एक खेलमा जित निकालेको थियो । शृंखलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।अन्तिम खेल शनिबार हुनेछ।

तपाईको प्रतिक्रिया