शनिबार १२ श्रावण २०८१
खेलकुद

नवौं अन्तराष्ट्रिय जुनियर कराँते प्रितियोगिता सुरु

शुक्रबार जेठ ४, २०८१/ Friday 05-17-24

काठमाडौं। नवौं अन्तराष्ट्रिय जुनियर कराँते प्रितियोगिता आज देखि राजधानीमा सुरु भएको छ।

नेपाल बाट ३६० र भारतबाट १६० जना गरी जम्मा ५२० जना खेलाडीहरुको सहभागीता रहेको उक्त प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घीसिङले शुक्रबार एक भव्य कार्यक्रमका बिच उद्घाटन गर्नु भएको हो।

नेपाल सितोरियो कराँते डो एसोसियसन ठमेल डोजोद्वारा आयोजित उक्त प्रतियोगितामा ८ वर्ष देखी १८ वर्ष सम्मका खेलाडीहरुले सहभागीता जनाएका छन्। लैनचौर स्थित टेवल टेनिस कवर्डहलमा जारी प्रतियोगिताको समापन शनिबार हुनेछ।

प्रतियोगिताका विजेता खेलाडीलाई ट्रफि, मेडल र सम्मानपत्रले सम्मान गरिने रेफ्रि सञ्जय रन्जितले बताए। 

तपाईको प्रतिक्रिया