शनिबार ५ जेठ २०८१
समाज

राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढा

आइतबार बैशाख २३, २०८१/ Sunday 05-05-24

काठमाडौं । सरकारले राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढालाई जिम्मेवारी दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले शुक्रबार बुढालाई विभागको महानिर्देशक बनाएका हुन्।

बुढा यसअघि पर्यटन विभागका महानिर्देशक थिए। यसअघिका राजश्वका महानिर्देशक नवराज ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरूवा गरिएको छ।

बुढालाई राजस्व अनुसन्धान विभागमा पठाएर ढुंगानालाई कलकत्ताको महावाणिज्य दूतको जिम्मेवारी दिएर पठाउने तयारी छ ।

कलकत्ताको महावाणिज्य दूत ईश्वरराज पौडेललाई भने परराष्ट्र मन्त्रालयमा तान्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

गत असार २०८०मा राजस्व अनसन्धान विभागको महानिर्देशकमा ढुंगाना नियुक्त भएका थिए । उनी त्यसअघि प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिव थिए ।

तपाईको प्रतिक्रिया