काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । खनाल यसअघि राष्ट्रिय वाणिज्यकै डेपुटी सीईओ थिए ।
बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले खनाललाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
किरणकुमार श्रेष्ठको दुई कार्यकाल सकिएपछि खनाललाई कामु सीईओको जिम्मेवारी दिइएको थियो ।
बैंकले सीईओको आवेदन खुला गरेपछि १९ जनाले आवेदन दिएका थिए । तीमध्ये पाँचजनाको नाम सर्ट लिस्टमा परेको थियो ।
तपाईको प्रतिक्रिया