शनिबार ८ असार २०८१
बिजनेस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कात्तिकदेखि चैतसम्म दैनिक १० घण्टा बन्द हुने

सोमबार जेठ २१, २०८१/ Monday 06-03-24

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कात्तिकदेखि चैतसम्म दैनिक १० घण्टा बन्द हुने भएको छ । 

निर्माण कार्यको लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गर्न लागिएको हो । 

कात्तिक २३ गतेदेखि चैत १८ सम्म विमानस्थल राति बन्द गरिने नागरिक उड्डयन प्राधिकरण उच्च स्रोतले जनाएको छ । 

स्रोतका अनुसार केही मर्मत कार्यका लागि १० घण्टा विमानस्थलमा बन्द गर्न लागिएको हो । 

विमानस्थलमा हवाई क्षेत्रको क्षमता र सुरक्षा मापदण्डलाई सुधार गर्न नयाँ ट्याक्सीवेलाई विद्यमान ट्याक्सीवे प्रणाली र धावनमार्गसँग जोड्ने प्राधिकरणको योजना छ । 

यी कार्यहरू रनवे सेन्टरलाइनको दुवै छेउमा ७५ मिटरको दायराभित्र गरिने प्राधिकरणले जनाएको छ । जसले विमानस्थलको मास्टर प्लानअनुसार हवाई क्षेत्रको क्षमता र सुरक्षा मापदण्ड सुधार गर्ने विश्वास छ । 

नयाँ ट्याक्सीवे जडानहरू बनाउन विद्यमान ट्याक्सीवेको केही भाग अस्थायी रूपमा बन्द गरिनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएका बेला अन्तर्राष्ट्रिय उडानको चाप घटाउन गौतमबुद्ध विमानस्थल प्रयोग गर्ने प्राधिकरणको तयारी छ ।

 

तपाईको प्रतिक्रिया