शनिबार ८ असार २०८१
जीवनशैली

कञ्चनपुर पुगेर इजरायली राजदूत गोडरले भने- विपीन जोशीको रिहाइको पहल जारी छ

सोमबार जेठ २८, २०८१/ Monday 06-10-24

काठमाडौ  । नेपालका लागि इजरायली राजदूत हनान गोडरले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि इजरायल सरकार लागि परेको बताएका छन् ।

आइतबार साँझ कञ्चनपुरको महेन्द्रनगरस्थित विपिन जोशीको घरमा पुगेको गोडर नेतृत्वको टोलीले जोशीको पारिवारिका अवस्थाबारे जानकारी लिएको थियो । सो अवसरमा राजदूत गोडारले विपीनलाई इजरायली नागरिक सरह सम्झेर खोजी जारी राखेको बताएका थिए ।

‘विपीनले घटनाका बेला धेरैको ज्यान बचाएर आफू हमासको कब्जामा परे”, उनले भने, ‘यस विषयमा इजरायल सरकार सक्रिय भएर खोजीमा जुटेको छ ।’

विपीनका भाइ नाता पर्ने किशोर जोशीले राजदूत गोडरसँग जोशीको परिवारले रिहाइका लागि पहल गरिदिन र उनको अवस्थाबारेमा जानकारी मागेको बताए ।

‘राजदूतले खोजी जारी राखेका छौँ, ढुक्क हुनुहोस् भन्नुभयो’, जोशीले भने, ‘उहाँले परिवारका हामी सदस्यसँग भेटघाटका लागि यहाँ आउनुभएको रहेछ ।’

जोशीले आठ महिनाभन्दा बढी समय बितिसक्दा पनि विपिनको अवस्थाबारे जानकारी हुन नसक्दा परिवार तनावग्रस्त रहेको बताए ।

राजदूत गोडरसँगै सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तसहित विश्वविद्यालयका अन्य पदाधिकारीहरू सहभागी थिए ।

तपाईको प्रतिक्रिया