सोमबार २९ बैशाख २०८२
अर्थ

मेलम्ची र हेलम्बु क्षेत्रको पुनर्निर्माणमा सरकार प्रतिवद्ध छ : मन्त्री खड्का

सोमबार बैशाख २९, २०८२/ Monday 05-12-25

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुऱ्याएको क्षतिको पुननिर्माणमा सरकार लाग्ने बताएका छन् ।

मन्त्री खड्काले आज मेलम्ची र हेलम्बु क्षेत्रको स्थलगत अनुगमन गर्दै बाढी प्रभावित क्षेत्रको पुननिर्माणमा सरकारले काम गर्ने बताएका हुन्

उनले मेलम्ची र हेलम्बु क्षेत्रमा सिंचाई व्यवस्थापनका लागि विशेष योजना अघि बढाउने घोषणा गरे । “बाढीपछिको हेलम्बु, मेलम्चीको पूर्ननिर्माणको लागि म प्रतिबद्ध छु, यो ऐतिहासिक ठाउँको विकासमा सबै मिलेर अगाडी बढौँ,”–उनले भने ।

उर्जामन्त्री खड्काले पहाडी क्षेत्रका उर्वर भूमिको सदुपयोग गर्न सिंचाई व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताए । “सिन्धुपालचोक इन्द्रावती गाउँपालिका–भीमटारमा रहेको २२ वटा टारमा इन्द्रावती नदिको पानी ल्याएर सिंचाईका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न सुरु गरिनेछ,”– उनले भने ।

पहाड़ी क्षेत्रमा कृषिको उत्पादनलाई बढावा दिन सिंचाई व्यवस्थापन एकदमै महत्वपूर्ण भएको उनको भनाई थियो । “यस क्षेत्रको सिंचाईका हाम्रो मन्त्रालय सक्रिय छ र म व्यक्तिगत रूपमा यसमा सहयोग गर्न तयार छु,”– मन्त्री खड्काले भने ।

तपाईको प्रतिक्रिया