
काठमाडौं । भारतीय क्रिकेट टोलीका स्टार ब्याट्म्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत् टेस्ट क्रिकेटबाट बिदा भएको जनाकारी गराएका हुन्। अब उनी भारतका लागि एकदिवसीय खेलमा मात्र उपलब्ध हुनेछन्।
१४ वर्ष लामो टेस्ट करिअरमा उनले १२३ टेस्ट म्याच खेलेर ४६.८५ को औसतमा ९,२३० रन बनाएका छन्, जसमा ३० शतक समावेश छन्। उनले ६८ म्याचमा भारतको कप्तानी गरेका थिए।
तपाईको प्रतिक्रिया