समाज
जडीबुटी–पेप्सिकोला सडक सीमाभित्र पर्ने अनधिकृत संरचना हटाउन अल्टिमेटम
सोमबार बैशाख २९, २०८२/ Monday 05-12-25

काठमाडौं । काठमाडौंको जडीबुटी चोकदेखि पेप्सिकोला चोकसम्मका सडक सीमाभित्र पर्ने संरचना हटाउन अल्टिमेटम जारी भएको छ । सडक विभाग र काठमाडौं महानगरपालिकाले सोमबार सूचना प्रकाशित गर्दै यी संरचना हटाउन ३५ दिनको अल्टिमेटम दिएका छन् ।
सूचना अनुसार भौतिक, योजना तथा निर्माण मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार जडीबुटी चोकदेखि पेप्सीकोला सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँबाँया १५/१५ मिटर सडकको सीमा कायम भएको छ ।
यस सीमामा नेपाल सरकार र महानगरले यसै महिना सीमाङ्कन गरेर चिह्नसमेत लगाइएको छ । साथै, किलासमेत गाडिएको सूचनामा उल्लेख छ ।
उक्त सडक खण्डको सीमा क्षेत्रभित्र नक्सा पासविना बनाइएका अनधिकृत संरचना व्यक्ति आफैंले हटाउनुपर्ने र त्यसका लागि ३५ दिनको समय दिइएको समेत सूचनामा छ ।
तपाईको प्रतिक्रिया