शनिबार ८ असार २०८१
बिश्वो

मलावीका उपराष्ट्रपति सवार विमान सम्पर्कविहीन

मंगलबार जेठ २९, २०८१/ Tuesday 06-11-24

काठमाडौं ।मलावीका उपराष्ट्रपति साउलोस चिलिमा र अन्य नौ जना सवार विमान सम्पर्कविहीन भएको छ ।

मलावीको राजधानी लिलोङवेबाट सोमबार बिहान उडेको उक्त विमानमा उपराष्ट्रपतिसहित १० जना सवार रहेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मलावी डिफेन्स फोर्सको विमान सोमबार बिहान राजधानी लिलोङवेबाट निस्किएपछि राडार सम्पर्कबाट विच्छेद भएको बीबीसीले जनाएको छ ।

उक्त विमान स्थानीय समय अनुसार बिहान १० बजे देशको उत्तरमा रहेको मजुजु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका थियो ।

घटनाबारे सम्बोधन गर्दै राष्ट्रपति लाजरस चकवेराले खोजी तथा उद्धार कार्य जारी रहेको बताएका छन् । विमान वेपत्ता हुनुको कारण खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया