शनिबार ८ असार २०८१
खेलकुद

टी-२० विश्वकप: भारतसहित पाँच टोलीले बनाए सुपर ८ मा स्थान

बिहीबार जेठ ३१, २०८१/ Thursday 06-13-24

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा वेष्टइण्डिज सुपर ८ मा प्रवेश गरेको छ ।

समूह सी मा रहेको वेष्टइण्डिजले न्यूजिल्याण्डलाई १३ रनले पराजित गर्दै सुपर ८ मा स्थान पक्का गरेको हो । १ सय ५० रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । यो वेष्टइण्डिजको लगातार तेस्रो जीत हो भने न्युजिल्याण्डको लगातार दोस्रो हार हो ।  यसअघि न्युजिल्याण्ड पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो । जसकारण न्युजिल्याण्डको भने अर्को चरण पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।

सुपर ८ मा स्थान बनाउने वेस्ट इन्डिज चौथो टोली हो । यसअघि दक्षिण अफ्रिका, अस्ट्रेलिया र भारतले अर्को चरणमा स्थान पक्का गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया