बिहीबार १३ असार २०८१
खेलकुद

एनटिए मास्टर्स ट्रायथलन प्रतियोगिता सम्पन्न: ज्यामिसन र अन्नाले जिते उपाधि

आइतबार असार २, २०८१/ Sunday 06-16-24

काठमाडौं। ‍ओलम्पिक डे को अवसर पारेर तार्केश्वरमा आयोजित  ‘एनटिए मास्टर्स  ट्रायथलन प्रतियोगिता ’को उपाधि पुरुषतर्फ ज्यामिसन र महिलातर्फ अन्ना ट्यान्डलले जितेका छन् । 

शनिबार  तार्केश्वर नगरपालिका ०८ मा रहेको टुसाल मल्टिभेन्यूको स्विमिङपुलमा पौडीबाट सुरु भएको सो प्रतियोगिता तार्केश्वरकै मनमैंजुमा समापन भएको हो।  टुसाल मल्टि भेन्युमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले प्रतियोगिताको ‌औपचारिक उद्घाटन गरेका थिए।

सहभागी खेलाडीहरुले मल्टिभेन्यूको स्विमिङपुलमा २५० मिटर पौडी गर्दै टुसाल नागपोखरी हुँदै मनमैंजु मन्दिर सम्म ५ किलो मिटर साईकल दौड र मनमैजुको नासलथानमा दुई किलोमिटर दौड पुरा गरेका थिए।  पुरुषतर्फ गेल वास्मेर  द्धितीय र रोज ह्वाईट तृतीय भए । महिलातर्फ सोनिया मार्टिनले द्धितीय स्थान हासिल गरिन् भने क्याथरिन तृतीय भईन। 

यसैगरी टिका जिरेल,नारायण थापा र यसनारायण चौधरीको टिम पहिलो बन्न सफल भयो भने समिरा श्रेष्ठ, कर्मा गुरुङ र जेन बज्राचार्यको टिमले दोस्रो स्थानमा चित्त बुझायो।  आयुष महर्जन, प्रदिप नेपाल  सुर्य महर्जनको टिमले तेस्रो स्थान प्राप्त गर्यो। प्रतियोगितामा ८ जना पुरुष, ७ महिला र ११ टिम गरि जम्मा ४८ जनाले सहभागिता जनाएका थिए।  

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई मेडल,ट्रफि र सम्मानपत्रले सम्मान गरिएको थियो।

तपाईको प्रतिक्रिया