आइतबार २३ भदौ २०८१
मनोरन्जन

नेपाल आइडलका विजेता करणलाई प्रधानमन्त्रीले दिए गितार उपहार

बुधबार असार १२, २०८१/ Wednesday 06-26-24

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल सिजन–५ का विजेता करण परियारलाई गितार उपहार दिएका छन् । 

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले बधाईसँगै गितार दिएका हुन् । 

उक्त अवसरमा बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहनत गर्न हौसला प्रदान गरे ।

बर्दियाका परियार गत शनिबार राति भएको ग्रान्ड फिनालेमा फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै नेपाल आइडल सिजन ५ को उपाधि विजेता बनेका हुन् । उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् ।

 

तपाईको प्रतिक्रिया