आइतबार २३ भदौ २०८१
जीवनशैली

राहत र उद्धारको लागि ‘हाई अलर्ट’ रहन मुख्यमन्त्री सोडारीको निर्देशन

आइतबार असार २३, २०८१/ Sunday 07-07-24

काठमाडौ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले सुदूरपश्चिममा राहत र उद्धारको लागि उच्च सतर्कता अपनाउन निर्देशन दिएका छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री सोडारीको अध्यक्षमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री सोडारीले सुरक्षा निकायलाई हाई अलर्टमा रहन निर्देशन दिँदै राहत र उद्धारमा चासो राखेका थिए ।

मुख्यमन्त्री कार्यालयले उद्धारको लागि थप सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ।

केही दिनयता सुदूरपश्चिम प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा बाढी जोखिम बढेको छ । भने पहाडी जिल्लामा पहिरोले दर्जनौँ सडकहरू अवरुद्ध भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया