आइतबार २७ असोज २०८१
बिश्वो

पोर्चुगलमा घुम्ती सेवाबाट ३,८२९ जनाले गराए राहदानी नवीकरण

बुधबार श्रावण ३०, २०८१/ Wednesday 08-14-24

काठमाडौँ । राहदानी विभाग र पेरिसस्थित  नेपाली राजदूतावासद्वारा पोर्चुगलको राजधानी लिस्बनमा अगस्ट २ देखि अगस्ट १३ सम्म राहदानी नवीकरण घुम्ती सेवा आयोजना गरेको छ । घुम्ती सेवाबाट ३८२९ जना नेपालीहरूले आफ्नो राहदानी नवीकरणको सेवा लिएको राजदूतावासले जानकारी दिएको हो । 

घुम्ती सेवाबाट सेवा लिनेमा १२१ जना नाबालक, ३३८० नवीकरण र हराएका ३२८ जना रहेका छन् । राहदानी सेवा सञ्चालनबाट ४ लाख ९१ हजार ५८० युरो अर्थात ७ करोड २० लाख ११ हजार ५५४ नेपाली रुपैयाँबराबरको राजश्व संकलन भएको छ ।

घुम्ती सेवामा राहदानी विभागका निर्देशक र शाखा अधिकृत तथा नेपाली राजदूताबास पेरिसबाट तृतीय सचिव र स्थानीय कर्मचारी सहभागी भएका थिए ।

घुम्ती सेवाको व्यवस्थापन गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय समिति पोर्चुगलले गरेको थियो । पोर्चुगलस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावास, पोर्चुगलमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुले सहयोग गरेका थिए । पोर्चुगलमा ५० हजारभन्दा बढी नेपालीहरूको बसोबास रहेको छ ।

तपाईको प्रतिक्रिया