बिहीबार २७ भदौ २०८१
समाज

डेंगी संक्रमितको संख्या ६८ सय नाघ्यो, उपत्यकामा ६ सय ८० सङ्क्रमण

मंगलबार भदौ १८, २०८१/ Tuesday 09-03-24

काठमाडौं ।  देशभरि डेंगुका बिरामीको सङ्ख्या ६ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार २ सेप्टेम्बरसम्म ६ हजार ८३१ जना संक्रमित भएका छन् । जनवरीयता डेंगी संक्रमणबाट चारजनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये चार हजार ७७ जना अगष्टका ३० दिनमा थपिएका हुन् । जुन अघिल्ला सात महिनाको तुलनामा तेब्बरभन्दा बढी हो । 

यो वर्ष गण्डकी प्रदेशमा सबैभन्दा धेरै ३ हजार २२९ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा तनहुँमा सबैभन्दा धेरै एक हजार १४९ जनामा संक्रमण पुष्टि भएको छ ।  

यस्तै, कास्कीमा ७६४, पर्वतमा ६५७, काठमाडौंमा ५५२, चितवनमा ५५३, गोरखामा २६२, झापमा १६८, मकवनापुरमा १२५, ललितपुरमा ११९, स्याङ्जामा ११५, भोजपुरमा १०४, पाल्पमा ११०, काभ्रेमा १० र कैलालीमा १०३ जना संक्रमित भएका छन् । 

यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ । यो वर्ष डेंगी ७५ जिल्लामा देखिएको छ । हुम्ला र डोल्पाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि मानिसलाई टोक्यो भने डेंगु लाग्दछ ।  

तपाईको प्रतिक्रिया