बिहीबार ३ असोज २०८१
खेलकुद

टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिता असोज ३ गते हुने

सोमबार भदौ ३१, २०८१/ Monday 09-16-24

काठमाडौं । तेस्रो संस्करणको टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिताको आयोजना  असोज ३ गते हुने भएको छ ।

यस अघी भाद्र ७ गते हुने भनिएको उक्त प्रतियोगिता प्राविधिक कारणले स्थगित भएकाले सोही प्रतियोगिता असोज ३ गते हुन लागेको टुसाल मल्टिभेन्युका म्यानेजर बिमोन्ड ओझाले  जानकारी दिएका हुन् ।  प्रतियोगिता तार्केश्वर–८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा हुनेछ।

 

 प्रतियोगिता २५ मिटरको फ्री स्टाइल विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा जुनियर ब्वाइज, जुनियर गर्ल्स र सिनियर ब्वाइज र सिनियर गर्ल्स गरी ४ वटा विधामा प्रतिस्पर्धा गराइनेछ ।
विजयी खेलाडीहरुलाई ट्रफी, मेडल तथा अन्य पुरस्कारहरुले सम्मान गरीने आयोजकले जनाएको छ । प्रतियोगितामा झण्डै एक सय खेलाडीको सहभागिता रहने आयोजकले अपेक्षा राखेको छ । हालसम २० वटा विद्यालयले सहभागिताका लागि नाम दर्ता गरिसकेको र यसपटक सरकारी विद्यालयका विद्यार्थीले निशुल्क सहभागिता गर्ने बताइएको छ ।


प्रतियोगिताको प्राविधिक र निर्णायकको जिम्मेवारी विष्णु खड्का लगाएत ११ जनाको टिमले जिम्मा लिनेछन् । प्रतियोगितामा मेडिकल सपोर्ट मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रहने छ । अस्पतालले प्रतियोगितको अवधिभर एम्बुलेन्स, एकजना चिकित्सक र दुई जना नर्स सहितको सेवा दिने सम्झौता भएको आयोजकले जनाएको छ।

यस अघि गत वर्ष असार १५ गते मल्टिभेन्युले दोस्रो संस्करणको आयोजना गरेको थियो। 

तपाईको प्रतिक्रिया