काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नयाँ बानेश्वरको दि एभरेस्ट होटल र बबरमहलको इमिरो प्लाजा अर्थात् बसेरा बुटिक होटललाई तीन-तीन लाख रुपैयाँ जरिवाना तिराएको छ ।
बबरमहलस्थित बसेरा होटलको अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको हो । दुवै होटलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि नगद जरिबाना तिराइएको विभागको भनाइ छ ।
विभागले चाडबाड नजिकिएसँगै अनुगमन बढाएको छ । सोमबार मात्र कुल ३९ फर्ममा अनुगमन भएको विभागले जनाएको छ ।
केही दिनअगाडि होटल संघ नेपाल (हान) ले विभागबाट होटलमा अनुगमन नहुने सहमति सरकारसँग भएको व्यहोराको परिपत्र आफू मातहतका ३ सयभन्दा धेरै होटलमा पठाएको थियो । सो परिपत्र सञ्चारमाध्यमबाट सार्वजनिक भएसँगै विभागले आक्रामक अनुगमन बढाएको हो ।
तपाईको प्रतिक्रिया