आइतबार २७ असोज २०८१
बिजनेस

हुन्डाई मोटरको ५७ वर्ष : १० करोड सवारीसाधन उत्पादन

बुधबार असोज १६, २०८१/ Wednesday 10-02-24

काठमाडौं । हुन्डाई मोटरले विश्वव्यापी रूपमा १० करोड सवारीसाधन उत्पादन गरेको छ। स्थापनाको ५७ वर्षमा १० करोड गाडी उत्पादन गरिएको कम्पनीले जनाएको छ ।

यस अवसरमा दक्षिण कोरियाको उल्सान प्लान्टमा विशेष समारोह आयोजना गरिएको थियो । उक्त समारोहमा कम्पनीले १० करोडौं सवारीसाधनको रूपमा विद्युतीय मोडल IONIQ 5 एक ग्राहकलाई हस्तान्तरण गरेको छ ।

हुन्डाई मोटर कम्पनीका डोमेस्टिक प्रोडक्सनका अध्यक्ष तथा प्रमुख सुरक्षा अधिकारी डोङ सियोक लीले दश करोड गाडी उत्पादनको आँकडा हात पार्नुमा कम्पनीका सबै कर्मचारीको महत्वत्पूर्ण योगदान रहेको बताए । हुन्डाई मोटरले नेतृत्वको गर्ने भविष्यको इलेक्ट्रिफिकेसनतर्फको यो एक कदम भएको उनको भनाइ छ ।

हुन्डाईले कोरियाबाहेक टर्की, भारत, अमेरिका र चेक रिपब्लिकबाट आफ्ना गाडी उत्पादन गर्दै आएको छ । 

तपाईको प्रतिक्रिया