मंगलबार ६ कार्तिक २०८१
बिजनेस

पूर्वअर्थसचिव खनालको नेतृत्वमा आर्थिक सुधार सुझाव आयोग गठन

मंगलबार असोज २२, २०८१/ Tuesday 10-08-24

 

 

काठमाडौँ ।  सरकारले पूर्वअर्थसचिव रामेश्वरप्रसाद खनालको संयोजकत्वमा ५ सदस्यीय आर्थिक सुधार सुझाव आयोग गठन गरेको छ। 

मंगलवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समग्र अर्थतन्त्रको सुधारका लागि राय दिने कार्यादेशसहित सो आयोग गठन गरेको बताए। 

त्यसैगरी बैठकले अहिलेसम्म खुला नभएका थप ५७ वटा हिमाललाई आरोहणका लागि खुला गर्ने निर्णय पनि गरेको छ। प्रवक्ता गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेका थप हिमालहरूमा आरोहणका लागि अनुमति दिने निर्णय पनि गरिएको बताए। 

सरकारले २०८१ कार्तिक १९ देखि २३ सम्म इजिप्टको कायरोमा आयोजना हुने वल्र्ड अरबान फोरम सम्मेलनमा सहभागी हुनका लागि उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई पठाउने निर्णय पनि गरेको छ। 

त्यसैगरी २०८१ कार्तिक १ देखि ३ गतेसम्म रशियामा आयोजना हुने २२औँ इन्टरनेशनल स्पोर्ट्स फोरममा सहभागी हुन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई पठाउने प्रस्ताव पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। 

तपाईको प्रतिक्रिया