शनिबार ६ पौष २०८१
समाज

निलम्बित प्रहरी निरीक्षक शाहीमाथि मुद्दा चलाउन समितिको राय

बिहीबार असोज २४, २०८१/ Thursday 10-10-24

काठमाडौँ । ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीकी तत्कालीन प्रमुख एवं निलम्बित प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीमाथि मुद्दा चलाउन सिफारिस भएको छ ।

हनी ट्रयापमा पारेर ३० लाख  लेनदेन गरेको आरोप लागेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । 

बलात्कारको मुद्दामा फसाउने भन्दै प्रहरीको दुरूपयोग गरी लेनदेन भएको खुलेको हो । यस घटना बाहिरिएपछि प्रहरी निरीक्षक शाहीलाई निलम्बन गरी अनुसन्धान अघि बढाएको थियो । परिसरले यस घटनामा केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

ललितपुर प्रहरीले बुधबार प्रतिबेदन उपत्यका प्रहरी कार्यालय रानीपोखरी बुझाएको छ । कार्यालयका एसएसपी विनोद घिमिरेले प्रतिवेदनमा देखिएका कुराको कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालय पठाउने तयारी भएको बताए ।

 उक्त समितिले सोमबार परिसर प्रमुख एसएसपी शेखर खनाल समक्ष प्रतिवेदन पेश गरेको थियो । अहिले सो प्रतिवेदन कार्यालयमा बुझाएको हो । समितिका अनुसार प्रहरी निरीक्षक शाहीले कार्यालयमै बोलाएर लेनदेन गराउनमा भूमिका खेलेपछि मुद्दा चलाउनुपर्ने आधार देखिएको हो ।

तपाईको प्रतिक्रिया