काठमाडौं । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० च्याम्पियनसिपमा बिहीबार किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको छ।
श्रीलंकाको कोलम्बोमा सुरुआती दुई सेट २३–२५, २१–२५ ले गुमाएको नेपालले त्यसपछिका दुई सेट २५–२१, २५–२२ ले आफ्नो पक्षमा पारेको थियो।
पाँचौं तथा निर्णायक सेटमा भने नेपाल १७–१९ ले पछि पर्यो ।
नेपालले चार खेलमा सात अंक जोडेको छ। यसअघि श्रीलंका र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको नेपालले उज्वेकिस्तानसँग ३–१ सेटको हार ब्यहोरेको थियो।
किर्गिस्तानको चार खेलबाट चार अंक छ। यसअघि उज्वेकिस्तान र तुर्केमेनिस्तासँग समान ३–० को पराजय ब्यहोरेको किर्गिस्तानले श्रीलंकाविरुद्ध ३–२ सेटको रोमाञ्चक जित निकालेको थियो।
अब नेपालले लिग चरणको अन्तिम खेलमा आज तुर्केमेनिस्ताको सामना गर्नेछ।
तपाईको प्रतिक्रिया