बिहीबार १ कार्तिक २०८१
बिश्वो

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालसहित ३४ देशद्वारा निन्दा

मंगलबार असोज २९, २०८१/ Tuesday 10-15-24

काठमाडौं । नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले यस्ता कार्य तुरुन्त रोकिनु पर्ने र उचित छानबिनको माग गरेको छ । 

यस्तै, लेबनानमा शान्ति सैनिक पठाउने नेपालसहित ३४ देशले संयुक्त विज्ञप्ति जारी गर्दै त्यहाँ शान्ति सैनिकमाथि भएको आक्रमणको विरोध गरेका छन् ।

'नेपाल युनिफिल शान्ति सैनिकहरूमाथि हालै भएका आक्रमणको कडा निन्दा गर्दछ र द्वन्द्वका पक्षहरूलाई उनीहरूको सुरक्षा र सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्दछ' परराष्ट्र मन्त्रालय भनेको छ । नेपालले यस्ता कार्य तुरुन्त रोकिनुपर्ने र उचित छानबिन हुनुपर्ने माग गरेको छ ।

इजरायलले लेनबानमा गत आइतबार शान्ति मिसनको एउटा बेसमा आक्रमण गरेको थियो ।

इजरायलको आक्रमणको निन्दा गर्नेमा नेपालसहित आर्मेनिया, अस्ट्रिया, बंगलादेश, ब्राजिल, कम्बोडिया, चीन, साइप्रस, एल साल्भाडोर, इस्टोनिया, फिजी, फिनल्याण्ड , फ्रान्स,घाना, ग्वाटेमाला, हंगेरी, इन्डोनेसिया, आयरल्यान्ड, इटाली, काजाकिस्तान, कोरिया, लाटभिया, मलेसिया, माल्टा, मंगोलिया, नेपाल, नेदरल्याण्ड राज्य, पोल्याण्ड , कतार राज्य, सियरा लियोन, स्पेनको राज्य, श्रीलंका, टर्किए, बेलायत,आयरल्याण्ड,तान्जानिया छन् ।

विज्ञप्तिमा उनीहरूले शान्ति मिसनलाई पूर्णसमर्थन गर्ने र यसको उद्देश्य दक्षिण लेबनान र मध्य पूर्वमा स्थायित्व र दिगो शान्ति ल्याउनु रहेको जनाएका छन् । 

मध्यपूर्वमा पछिल्लो अवस्थामा झन् शान्ति मिसनको भूमिको विशेष महत्वपूर्ण हुने उनीहरूले बताएका छन् । 

“हामी यूनिफिल शान्ति सैनिकमाथि हालै भएका आक्रमणहरूको कडा निन्दा गर्छौं । यस्ता कार्य तुरुन्त रोकिनुपर्छ र उचित छानबिन हुनुपर्छ,” विज्ञप्तिमा भनिएको छ । 

तपाईको प्रतिक्रिया