नेपाल प्रिमिय लिग (एनपिएल) विवादमा: अमिर अख्तरले दर्ता गराए ध्यानाकर्षण पत्र
![](https://deshdainik.com/uploads/news/images/can-Npl-banner2024-10-15-05-14-43.jpeg)
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने भनिएको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) मा विवाद सुरु भएको छ।
पूर्व क्रिकेट खेलाडी अमिर अख्तरले नेपाल प्रिमियर लिग (एनपिएल) २०७० सालमा क्यानको स्विकृति लिई पहिलो संस्करणको आयोजना गरिसकेको र नेपाल प्रिमियर लिग नामको कम्पनिनै आफुसंगै भएको भन्दै मंगलबार क्यानमा ध्यानाकर्षण पत्र दर्ता गराएसंगै पूर्व निर्धारित कार्यक्रममा विवाद सुरु भएको हो।
अमिर अख्तरले ध्यानाकर्षण पत्रको बोधार्थ युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, कम्पनि रजिष्टारको कार्यालय र सहभागी सबै आठ वटै टिमलाई समेत पेश गराएका छन्। उनले प्रचलित कानुन बमोजिम नेपाल प्रमियर लिग नामक कम्पनि आफ्नो एकल स्वामित्वमा भएकोले क्यानले आफुसंग आपसी सहमती र सम्झौता गरेमा क्रिकेटसंघको नाममा नामसारी समेत गर्ने बताएका छन् तर उनले आफ्ना मागहरु भने पत्रमा स्पष्ट खुलाएका छैनन्।
उनले सात दिन भित्र सम्बन्धित संघबाट जवाफ नआएमा कानुनी उपचारमा जान सक्ने आशयको पत्र पेश गरेका छन्। पत्रमा उनले २०१४ मा धनगढीमा सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपिएल) को व्यानर सहितको कार्यक्रम विवरण समेत समावेश गरेका छन्। उनि एभरेष्ट क्रिकेट लिग (ईपिएल)क्रिकेटका एमडी समेत हुन् ।
यता नेपाल क्रिकेट संघ (क्यान)ले टी २० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को आठ टोली कुल १६ करोड ८८ लाख ९३ हजार २ सय ३१ रूपैयाँमा बिक्री गरिसकेको छ भने असोज १५ गते आइतवार अक्सन समेत समपन्न भैसकेको अवस्था छ।
तपाईको प्रतिक्रिया