बुधबार १० बैशाख २०८२
खेलकुद

नेपाल-बंगलादेशबीच फाइनल काठमाडौंका तीन ठाउँबाट प्रत्यक्ष प्रसारण गरिने

बुधबार कार्तिक १४, २०८१/ Wednesday 10-30-24

काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने भएको छ ।

नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने महानगरले जानकारी गराएको छ ।

खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ ।

सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भुटानलाई हराएर फाइनलमा पुगेका हुन् । नेपाल र बंगलादेश दुवैले उपाधि जित्ने दाबी गरेका छन् ।

दशरथ रंगशालामा टिकटको बिक्री सकिसकेको छ। अनलाइनबाट बिक्री गरिएको टिकट रोकेर अखिल नेपाल फुटबल संघ (एन्फा)ले भौतिक रूपमै टिकट बिक्री गरेको थियो। टिकट किन्न बुधबार बिहानैदेखि मानिसहरू लाइनमा लागेका थिए।

भारतविरूद्धको सेमिफाइनलमा क्षमताभन्दा बढी दर्शक छिराएका कारण सुरक्षा खतरा बढेको भन्दै एन्फाले माउन्ट एभरेस्ट प्रालिसँगको सम्झौता रद्द गरेको थियो। 

तपाईको प्रतिक्रिया