सुर्खेत । कालीकोटमा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार दिउँसो कालीकोटको पलाँता गाउँपालिका–३ राढुनेटामा यात्रुवाहक जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो ।
पलाँता गाउँपालिकाका उपाध्यक्ष अलैपुरा जैशीले २० जना सवार बोलेरो जीप भिरबाट खसेको र आठ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिइन् ।
कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बोलेरो गाडी सडकबाट ५०० मिटर तल खसेको छ । कालीकोटको पलाँतामा भएको जीप दुर्घटनाको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको छ ।
तपाईको प्रतिक्रिया