बुधबार २३ माघ २०८१
बिजनेस

स्ट्यान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ बने तत्कालीन राजा वीरेन्द्रका ज्वाइँ

मंगलबार मङ्सिर २५, २०८१/ Tuesday 12-10-24

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पहिलो पटक नेपाली नागरिक नियुक्त भएका छन् ।

मंसिर २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गोरख शम्शेर जबरालाई सीईओ नियुक्त गरेको हो । सन् १९६९ मा बेलायतमा स्थापना भएको यो बैंकको सीईओमा अहिलेसम्म कुनै नेपाली नागरिकले अवसर पाएका थिएनन् ।

गोरख शम्शेर जंबराको कार्यकाल जनावरी १, २०२५ (पुस १७ गते) देखि सुरु हुनेछ । उनी ४ वर्षका लागि सो पदमा नियुक्त भएका हुन् । अनिर्वन घोष दस्तिदारको कार्यकाल सकिएसँगै राणा सीईओ बनेका हुन् ।

३० वर्षको बैंकिङ अनुभव संगालेका राणासँग स्टान्डर्डमा हुँदा कर्पोरेट एन्ड इन्भेस्टमेन्ट, रिटेल बैंकिङ बिजनेस विभागमा रहेर काम गरेको अनुभव छ । उनले इलिनोइस विश्वविद्यालयबाट एमबीए अध्ययन गरेका छन् ।

उनी तत्कालीन राजा वीरेन्द्र शाहका ज्वाइँ हुन् । ०५८ जेठ १९ गतेको दरबार हत्याकाण्डमा उनकी श्रीमती एवं वीरेन्द्रकी छोरी श्रुतीले पनि ज्यान गुमाएकी थिइन् । 

तपाईको प्रतिक्रिया