शनिबार ६ पौष २०८१
समाज

नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी नियुक्त

शुक्रबार पौष ५, २०८१/ Friday 12-20-24

काठमाडौँ । नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी ४ वर्षका लागि चयन भएका छन् । नेपाल विश्वविद्यालयको सर्वोच्च शासकीय निकाय, संरक्षण परिषद्को पहिलो बैठकले उनलाई कुलपतिको पदमा चयन गरेको हो ।

सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदक सहित सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका डा लोहनीले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र सन् १९७७ मा एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बैंककबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् ।

नेपाल सरकारको निजामती सेवाबाट आफ्नो पेसागत जीवन सुरु गरेका ड लोहनी एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्राध्यापक हुँदै एसियाली विकास बैंकमा विभिन्न महत्त्वपूर्ण पदमा ३० वर्ष कार्यरत रहेको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया