काठमाडौं । एसिसी यू-१९ एसिया कपको दोस्रो सुपर फोरको खेलमा नेपाल पराजित भएको छ।
शुक्रबार फाइनल प्रवेशका लागि बंगलादेशसँग खेलेको नेपाल ९ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।
वर्षाका कारण ११ ओभरमा झारिएको खेलमा नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले १ विकेटमात्रै गुमाएर ९.५ ओभरमा पूरा गर्यो।
बंगलादेशकी ओपनर फहोमिदा चोयाले ३२ बलमा तीन चौका हानेर २६ रन बनाइन्। अर्का ओपरन मोसम्मत इभाले कुसुम गोदारबाट बोल्ड हुनुअघि २१ बलमा १ छक्का हानेउर १८ रन बनाएकी थिइन्।
सुमैया अख्तर सुबोर्नाले १० रनको योगदान दिइन्। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ५४ रन बनाएको थियो।
नेपालका लागि साबित्री धामीले ११ रन बनाउनुबाहेक अरू सबै ब्याटरहरूले १० भन्दा कम रन बनाए।
बंगलादेशका फर्जाना इस्मिन, अनिशा अख्तर सोबा, फहोमिदा चोया र हबिबा इस्लामले एक/एक विकेट लिए।
यो सँगै पहिलो पटक आयोजना भएको एसिसी महिला यू-१९ क्रिकेटमा नेपाल तेस्रो भएको छ।
तपाईको प्रतिक्रिया