समाज
३० जना सम्पर्कविहीन प्रहरीहरुलाई ७ दिन भित्र हाजिर हुन निर्देशन
बिहीबार पौष ११, २०८१/ Thursday 12-26-24
काठमाडौँ । नेपाल प्रहरीका दुई सहायक हवलदार र जवानसहित ३० जना प्रहरी दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका छन् ।
प्रहरी प्रधान कार्यालयले असोजदेखि आफूखुशी गैरहाजिर रहेको र हेडक्वार्टरको सम्पर्कमा नरहेको प्रहरी कर्मचारीहरूको सूचि सार्वजनिक गर्दै ७ दिन भित्र हाजिर हुन आउन निर्देशन दिएको हो ।
प्रहरी नियमावली, २०७१ को नियम ९५ उपनियम (२) अनुसार उनीहरूलाई तोकिएको मितिभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिइएको हो।
प्रहरी प्रधान कार्यालयले अनुपस्थित प्रहरी कर्मचारीहरूमाथि कारबाही प्रक्रिया अघि बढाउनुअघि उनीहरूलाई सात दिनभित्र कार्यालयमा उपस्थित भई आफ्नो स्थिति स्पष्ट गर्न आग्रह गरेको छ।
सूचनामा, तोकिएको म्यादभित्र हाजिर नभएमा नियमावलीको प्रावधानअनुसार सेवाबाट हटाउने कारबाही अघि बढाइने चेतावनी दिइएको छ।
तपाईको प्रतिक्रिया