राजनीति
माओवादी स्थायी समिति बैठक, पूर्वउपराष्ट्रपति पुन पनि सहभागी
बिहीबार पौष १८, २०८१/ Thursday 01-02-25
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न माओवादी स्थायी कमिटी बैठक बोलाइएको हो । बैठक ३ दिनसम्म चल्ने छ ।
बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासङ’ पनि सहभागी छन् । उनी स्थायी कमिटी बैठकमा सहभागी भएसँगै धेरैले सकृय राजनीतिमा फर्किएको अनुमान गरेका छन् । पासङलाई उपाध्यक्ष बनाउने माओवादी केन्द्रको तयारी छ ।
स्रोतका अनुसार पासङको उपस्थितिलाई लिएर स्थायी कमिटी बैठकअघि नेताहरुमा खासखुससमेत चलेको छ । पासङलाई दिइने जिम्मेवारीका बारेमा नेताहरुले चासो व्यक्त गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया