राजनीति
हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशी सकुशल छन् : मन्त्री राणा
सोमबार पौष २९, २०८१/ Monday 01-13-25
काठमाडौं। परराष्ट्र मन्त्री आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी सकुशल रहेको र फर्केर स्वदेश आउने विश्वास रहेको बताएकी छन्।
सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै परराष्ट्र मन्त्री राणाले भनिन्, ‘विपिन भाइ सकुशल हुनुहुन्छ, उहाँ फर्केर आउनु हुन्छ भन्नेमा ढुक्क छु।’
जोशीको रिहाइका लागि पहल भइरहेको उनले बताइन्। इसराइलले रिहाइका लागि हमासलाई सूची पठाएको विषय आएको उल्लेख गर्दै उनले भनिन्, ‘३४ जना रिहा हुन लागेको रिपोर्ट आएको थियो तर होइन भन्ने पनि आयो।’
उनले कतारका राजदूतसँग आफूले फोनमा कुराकानी गरेको र त्यहाँका विदेशमन्त्रीसँग कुराकानीको वातावरण बनाउन भनेको पनि बताएकी छन्।
उनले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन यसअघि नै आग्रह गरेकी थिइन्।
तपाईको प्रतिक्रिया