काठमाडौं । रास्वपा सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका छन्। उनको आजै अदालती बयानको तयारी छ ।
यसअघि पोखरा, काठमाडौं र बुटवलमा धरौटीमा रिहा भएका लामिछानेलाई चितवनमा साहारा सहकारी ठगी प्रकरणमा मुद्दा दायर गरिएको छ ।
मंगलबार साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो । मुद्दामा लाछानेसहित १५ जनालाई विपक्षी बनाइएको छ ।
यसअघि, लामिछाने १३ माघमा रूपन्देही जिल्ला अदालतको आदेशपछि एक करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
लामिछाने पहिलोपटक गत कात्तिक २ गते पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका थिए । उनी २५ पुसमा कास्की जिल्ला अदालतबाट ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
यस्तै, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा उनी ६० लाख रुपैयाँ धरौटीमा माघ २ गते रिहा भएका थिए ।
तपाईको प्रतिक्रिया