रवि लामिछानेलाई संगठित अपराधमा उन्मुक्ति दिएकोबारे छानबिन हुने, बन्यो समिति
काठमडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चितवनमा संगठित अपराधमा मुद्दा नचलाएको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ ।
चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले रविविरुद्ध संगठित अपराधमा उन्मुक्ति दिएको विषयमा छानबिन गर्न महान्यायाधिवक्ताको कार्यालयले समिति गठन गरेको हो।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले लुँइटेलमाथि छानबिन सुरु भएको पुष्टि गरे । उनका अनुसार नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।
मंगलबार मात्रै रविलाई सहकारी ठगीमा मात्रै मुद्दा चलाएको भन्दै लुईटेललाई महान्यायाधिवक्ताको कार्यालयमा सुरु गरिएको थियो ।
लामिछानेले पोखरा र बुटवलबाट आफैं ऋण लगेको देखिएकाले ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको तर, चितवनमा आफैंले लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको लुँइटेलले बताएका थिए ।
सरकारी वकिलको कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनमा ३२ जनाविरुद्ध मंगलबार अभियोजन गर्दा १२ जनालाई मात्रै संगठित अपराध र ठगीको मुद्दा चलाएको थियो । प्रहरीले गोर्खा मिडियाका रविसहिच चार जनालाई संगठित अपराधमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन बुझाएको थियो । तर, जीबी राई, छविलाल जोशी र कुमार रम्तेललाई मात्र संगठित अपराधमा मुद्दा चलाएर रविलाई सहकारी ठगीमा मात्र मुद्दा चलाएको थियो ।
रविविरुद्ध संगठित अपराध मुद्दा नचलेको विषयमा जिज्ञासा राख्दा लुइँटेलले सहकारीबाट पैला लग्ने ६ मध्ये एक कम्पनीमा रहेकालाई संगठितमा मुद्दा नचलाउने मापदण्ड बनाएको जानकारी दिएका थिए ।
तपाईको प्रतिक्रिया