बुधबार २० चैत २०८१
प्रविधी

शंकर पोख्रेलको निर्देशन: सामाजिक सञ्जालमा प्रश्न गर्नु भन्दा आफैँले लेख्न सुरु गर्नू

बुधबार माघ ३०, २०८१/ Wednesday 02-12-25

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सामाजिक सञ्जालमा नेतृत्वको विरुद्ध छरिएका भ्रम चिर्नेगरि लेख्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बुधबार बिहान पनि पोखरेलले आफ्नो पेजमा तथ्य र सत्यका पक्षमा किन कोही बोल्दैनन् र लेख्दैनन् भनेर सामाजिक सञ्जालमा प्रश्न गर्नु भन्दा आफैले लेख्न सुरु गर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन् । 

‘तथ्य र सत्यका पक्षमा किन कोही बोल्दैनन् र लेख्दैनन् भनेर सामाजिक सञ्जालमा प्रश्न गर्नु भन्दा आफैले लेख्न सुरु गर्नुहोस् । तपाई आफै अघि सरेपछि सत्य र तथ्य बलियो हुन सुरु गर्दछ । त्यसले अरूलाई पनि अघि सर्न प्रेरित गर्दछ । अराजकता र अशिष्टता क्रमशः कम भएर जान्छ’, पोखरेलले लेखेका छन् । उनले सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै भएको पनि बताएका छन् । 

‘सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै हो । सडकको यात्रामा जो निस्कन्छ त्यही देखिन्छ । घर भित्र बसेको मान्छे सडकमा नदेखिए जस्तै सामाजिक सञ्जालमा असल मानिसहरू नआउँदासम्म आएका खराब मान्छेहरू देखिने हो ।’

तपाईको प्रतिक्रिया