
बैंकक (एपी) । थाइल्यान्ड र छिमेकी म्यानमारमा शुक्रबार दिउँसो ७.७ रेक्टर स्केलको भूकम्प गएपछि बैंककमा निर्माणाधीन एक अग्लो भवन भत्किएको छ।प्रहरीले सम्भावित हताहतबारे अझै पुष्टि गर्न सकेको छैन।
सामाजिक सञ्जालमा भाइरल भिडियोमा क्रेनसहितको बहु-तले भवन धुलोको मुस्लोसहित भत्किएको देखिन्छ।बैंककको चातुचाक बजार नजिकै प्रहरी पुगेको छ, तर भवन भत्किँदा कति कामदार थिए भन्ने स्पष्ट छैन।
म्यानमार केन्द्रबिन्दु रहेको १० किलोमिटर गहिराइको भूकम्पपछि ६.४ रेक्टर स्केलको परकम्प गएको थियो। उच्च भवनहरूबाट निस्किएका मानिसहरूलाई बाहिरै बस्न चेतावनी दिइएको छ। प्रधानमन्त्री पाएटोंगटार्न सिनावात्राले भूकम्पको असर मूल्याङ्कन गर्न आपतकालीन बैठक बोलाएका छन्।
तपाईको प्रतिक्रिया