बुधबार २० चैत २०८१
प्रवास

नेपाल प्रहरीको टोली दिल्लीबाट पुग्यो ओडिसास्थित केआईआईटी विश्वविद्यालय

मंगलबार फाल्गुण ६, २०८१/ Tuesday 02-18-25

काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि उत्पन्न जटिल परिस्थितबारे बुझ्न नेपाल प्रहरीको टोली त्यसतर्फ गएको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीको दुई जनाको टोली ओडिसातर्फ पठाइएको जानकारी मंगलबार दिएकी छन् ।

 

राणाले नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न पनि नेपाली प्रहरी अधिकारीलाई भनेको बताएकी छन् ।

यस प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नै चासो राखेर नेपाली दूतावासलाई आवश्यक पहलका लागि भनिसकेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया