रुघा, खोकी, ज्वरो, श्वासप्रश्वासका बिरामीको चाप बढ्दो

मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघा, खोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन्। केही दिनयता चलेको सुख्खा हावा र गर्मी बढ्दै गएपछि सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघा, खोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।
कार्यालयका अनुसार वीरगन्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निकै बढेको छ। दूधे बालकदेखि वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतको प्रकोपबाट पीडित भएका छन्। पछिल्लो केही दिनयता अस्पतालमा रुघा, खोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी बढेको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए।
रुघा, खोकी, ज्वरो, निमोनियालगायतका बिरामी परेर दैनिक करिब ३० देखि ४० जनासम्म उपचारका लागि अस्पताल आउने गरेको डा. सिंहले बताए। अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले शय्या अभाव भएको र भ’इँमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उनले बताए।
तपाईको प्रतिक्रिया