बुधबार २० चैत २०८१
बिजनेस

नेपाल हवाई सेवा प्राधिकरण विधेयक संसद्‍मा पेस, सेवा प्रदायक र नियामक फरक बनाइने

मंगलबार फाल्गुण १३, २०८१/ Tuesday 02-25-25

काठमाडौँ । सरकारले हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय फरक–फरक बनाउने गरी तयार गरेको विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गरेका हुन् ।

लामो समयदेखि प्राधिकरण टुक्र्याउने विषयमा छलफल भए पनि विधेयक अगाडि बढ्न सकेको थिएन ।

नेपालको हवाई क्षेत्रमा देखिएको समस्या समाधानका गर्न र अन्तर्राष्ट्रिय निकायले राख्दै आएको कालोसूची हटाउने लगायत विषय यी विधेयक महत्त्वपूर्ण हुने विश्वास राखिँदै आएको छ ।

नेपालको नागरिक उड्डयन सेवालाई अन्तर्रष्ट्रिय मापदण्ड अनुसारको बनाउन र हवाई सेवालाई भरपर्दो बनाउनका लागि विधेयक तयार गरिएको मन्त्री पाण्डले जानकारी दिए । 

तपाईको प्रतिक्रिया