बुधबार २० चैत २०८१
बिजनेस

ग्लोबल आईएमईको ‘ग्लोबल म उद्यमी’ कर्जा सार्वजनिक

आइतबार फाल्गुण २५, २०८१/ Sunday 03-09-25

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमी लक्षित ग्लोबल ‘म उद्यमी कर्जा’ सार्वजनिक गरेको छ । 

महिला उद्यमीहरूलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानीय समुदायमा आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने गरी बैंकले उक्त कर्जा ल्याएको हो । 

यस योजनाले महिलालाई उद्यमी भई व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्ने बैंकले जनाएको छ ।

महिलाहरूले नेतृत्व गरेको कृषि, उत्पादन, प्रशोधन तथा बजारीकरण क्षेत्रको घरेलु, साना तथा मझौला उद्योगलाई बैंकले विशेष प्रथमिकता दिई कर्जा प्रदान गर्ने जनाएको छ ।

यस योजनाअन्तर्गत आकर्षक सुविधाहरूसहित न्यूनतम ब्याजदरमा महिला उद्यमीलाई १० करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्दछ ।

महिलाहरूको कम्तीमा ५० प्रतिशत स्वामित्व भएको र आफ्नै नेतृत्वमा व्यवसाय सञ्चालन भए मात्रै कर्जाका लागि योग्य हुने बैंकले जनाएको छ । 

यो कर्जा योजनाअन्तर्गत ग्लोबल म उद्यमी कर्जा लिँदा बैंकले उद्यमी डिजिटल उपहार प्रदान गर्नेछ ।

तपाईको प्रतिक्रिया