नेपाल बैंक लिमिटेडको ६५औँ वार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरू पारित

काठमाडौं । नेपाल बैंक लिमिटेडको ६५औँ वार्षिक साधारणसभा विभिन्न महत्वपूर्ण प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष थानप्रसाद पंज्ञानीको अध्यक्षतामा सभा काठमाडौंमा सम्पन्न भएको हो।
सभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ आषाढ मसान्तका वित्तीय विवरणहरू पारित गरेको छ।
यस्तै, सभाले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्शअनुसार आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका लागि तीन जना चार्टर्ड एकाउन्टेन्ट— प्रदीपकुमार श्रेष्ठ, मधुवीर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
बैंकको नियमावलीअनुसार सर्वसाधारण शेयरधनीतर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन कार्यतालिका तय गरिएको थियो। तर, सम्मानित उच्च अदालत पाटनको यही चैत १ गतेको अल्पकालीन अन्तरिम आदेशपछि उक्त प्रक्रिया हाल रोकिएको छ।
तपाईको प्रतिक्रिया