बुधबार २० चैत २०८१
जीवनशैली

अन्तर्राष्ट्रिय क्षयरोग रोकथाम दिवस आज मनाइँदै

सोमबार चैत ११, २०८१/ Monday 03-24-25

काठमाडौं। हरेक वर्ष मार्च २४ का दिन अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ। यस वर्षको नारा “हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता” रहेको छ।

नेपालमा हरेक वर्ष हजारौँ मानिस क्षयरोगबाट प्रभावित हुने गरेका छन्। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार, २०२३ मा नेपालमा अनुमानित ६८ हजार नयाँ क्षयरोग संक्रमित थिए, जसमा १६ हजारको मृत्यु भएको अनुमान छ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनचेतनामूलक कार्यक्रम आयोजना गर्दैछ। केन्द्रका अनुसार, नेपालमा अझै पनि ४० प्रतिशत अनुमानित संक्रमित उपचारबाहिर छन्। पर्याप्त स्रोतको अभावले क्षयरोग नियन्त्रणमा चुनौती खडा गरेको छ।

राष्ट्रिय क्षयरोग कार्यक्रमको रणनीतिक योजनाअनुसार, पाँच वर्षका लागि १९२ मिलियन अमेरिकी डलर आवश्यक भए पनि हालसम्म ११० मिलियन मात्र सुनिश्चित भएको छ। साथै, ५१ प्रतिशत संक्रमित परिवारमा आर्थिक भार परेको अध्ययनले देखाएको छ।

नेपालमा क्षयरोग न्यूनीकरणका लागि थप प्रयास आवश्यक रहेको विज्ञहरूले बताएका छन्।

 

तपाईको प्रतिक्रिया