बुधबार २० चैत २०८१
बिश्वो

अमेरिकाबाट निष्कासनपछि १९९ आप्रवासी भेनेजुएलामा अवतरण

सोमबार चैत ११, २०८१/ Monday 03-24-25

मैक्वेटिया, भेनेजुएला । संयुक्त राज्य अमेरिकाबाट निष्काशित १९९ आप्रवासी बोकेको विमान सोमबार बिहान भेनेजुएला आइपुगेको गृहमन्त्री डिओसडाडो काबेलोले बताएका छन् ।

“आज, हामी १९९ जना स्वदेशीहरूलाई स्वागत गर्दैछौं,” उनले विमानस्थलमा बताए ।“हामी भेनेजुएलाका मानिसहरू जहाँ भए पनि स्वागत गर्न तयार छौं ।”

प्रत्यक्ष फुटेजमा स्वेटसूट लगाएका युवाहरू राजधानी काराकास बाहिर अवतरण गरेको विमानबाट ओर्लिरहेको देखाइएको छ । 

शनिबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकाबाट स्वदेश फिर्ती उडानहरू पुनः सुरु गर्न वाशिङ्गटनसँग सम्झौता गरेको घोषणा गरेपछि यो उडान आएको हो । रासस

तपाईको प्रतिक्रिया