बुधबार २० चैत २०८१
बिश्वो

नेप्से परिसूचक २६ अङ्कले बढ्यो, सबै सेक्टरमा वृद्धि

सोमबार चैत ११, २०८१/ Monday 03-24-25

काठमाडौँ । गतसातादेखि निरन्तर ओरालो लागिरहेको पुँजीबजार आज थामिएर हरियो देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव १० अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ७८ को बिन्दुमा कायम भएको हो ।

आइतबार ६ अर्ब ३२ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । आइतबारको तुलनामा कारोबार रकम एक अर्ब ८३ करोड रुपैयाँले घटेको हो ।

आज २१० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ३३ कम्पनीको सेयर मूल्य घटेको छ । गार्डेन माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.२९ प्रतिशतले वृद्धि भएर दुई हजार २६१ रुपैयाँ कायम भएको छ । आज पोखरा फाइनान्सको सेयर मूल्य ७.४७ प्रतिशतले वृद्धि भएको छ ।

आज अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ४.९२ प्रतिशतले घटेर ८०० रुपैयाँ कायम भएको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.०५ प्रतिशतले घटेर एक हजार ९१५ रुपैयाँ कायम भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूगत परिसूचक बढेको छ । सर्वाधिक परिसूचक वृद्धि फाइनान्स समूहको भएको छ । यो समूहको परिसूचक ३.७५ प्रतिशतले बढेको छ ।  

तपाईको प्रतिक्रिया