
काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएका छन् । आइतबार देखि लागू हुनेगरी बैंकको सीईओ पदबाट राजीनामा दिएको ढुंगानाले बताए ।
२०८१ जेठ २ मा बसेको नबिल बैंक सञ्चालक समितिको बैठकले ढुंगानालाई २ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो ।
दुई वर्षे कार्यकाल सकिन १४ महिना बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । ‘मैले गत आइतबारदेखि नै मेरो राजीनामा स्वीकृत भएको छ,’ उनले भने ।
तपाईको प्रतिक्रिया