बुधबार २० चैत २०८१
बिश्वो

कारमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

बिहीबार चैत १४, २०८१/ Thursday 03-27-25

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशबाट आयात हुने कार तथा यसका पार्ट्समा लाग्ने करको दर थप २५ प्रतिशत बढाउने घोषणा गरेका छन् । 

राष्ट्रपति ट्रम्पले यो निर्णय २ अप्रिलबाट लागू हुने बताएका छन्। यो निर्णयपछि अमेरिकामा विदेशी कारहरू महँगा हुनेछन् । 

यसले फोर्ड मोटर्स, जनरल मोटर्सजस्ता अमेरिका बाहिर उत्पादन प्लान्ट रहेका कम्पनीलगायत विदेशी ब्रान्डका कारलाई असर गर्ने द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।यी कम्पनीहरुको उत्पादन प्लान्ट क्यानाड तथा मेक्सिकोलगायत देशमा छन् । 

विदेशबाट आयात हुने कार तथा यसका पार्ट्सबाहेक तयारी ट्रकमा समेत थप २५ प्रतिशत कर लाग्ने बताइएको छ । यो निर्णयले सुरुआती समयमा अमेरिकी अटोमोबाइल क्षेत्रलाई नकारात्मक प्रभाव पार्ने भए पनि दीर्घकालीन रुपमा सकारात्मक नतिजा दिने बताइएको छ । 

मेक्सिकोबाट अमेरिकामा सबै भन्दा धेरै कार पुग्ने गरेका थिए भने त्यसपछि दक्षिण कोरिया, जापान, र जर्मनीबाट अमेरिकामा कार पुग्ने गरेका थिए। राष्ट्रपति ट्रम्पले यो निर्णय गरे पनि कारको निर्माण समेत धेरै महँगो हुने विश्लेषकको मत छ। मेक्सिको र क्यानडाबाट आउने कारको सामान मात्र चार हजारदेखि १० हजार अमेरिकी डलर बराबरको मूल्य बढ्ने एन्डरसन इकोनोमिक ग्रुपले जनाएको छ।

तपाईको प्रतिक्रिया