बुधबार २० चैत २०८१
खेलकुद

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करण आजदेखि सुरु

शनिबार चैत १६, २०८१/ Saturday 03-29-25

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आजदेखि दशरथ रंगशालामा सुरु हुँदैछ।

उद्घाटन खेलमा पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स र साविक विजेता ललितपुर सिटी एफसी भिड्ने छन्। ललितपुरले उपाधि रक्षा गर्न इंग्ल्यान्डका प्रशिक्षक सिमन ग्रेसनलाई अनुबन्ध गरेको छ, जसले लिड्स युनाइटेड र बेङ्लुरु एफसी प्रशिक्षित गरिसकेका छन्।

काठमाडौंका प्रशिक्षक प्याट्रिक डी विल्डेले ललितपुरविरुद्ध विशेष रणनीति बनाएको बताएका छन्। अहिलेसम्म एनएसएलमा यी दुईबीच चार खेल हुँदा तीनमा काठमाडौं विजयी भएको छ। खेल साँझ ६ बजे सुरु हुनेछ र हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ।

 

तपाईको प्रतिक्रिया