
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले पदबाट राजीनामा दिएका छन्। चार वर्षका लागि नियुक्त भएका उनले १३ महिनामै राजीनामा दिएका हुन्।
बरालले प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिलाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन्। त्रिविमा अस्थायी तथा करार शिक्षक–कर्मचारी व्यवस्थापनको विवाद चर्किएपछि उनले पद छाडेका हुन्।
शिक्षक–कर्मचारी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन माग गर्दै आन्दोलनरत थिए, तर सर्वोच्च अदालतको आदेशले त्यसलाई रोक लगाएको थियो। यसैबीच, अस्थायी तथा करार शिक्षक–कर्मचारीले आइतबारदेखि आन्दोलन घोषणा गरेका छन्।
त्रिवि स्रोतका अनुसार उपकुलपतिपछि अन्य पदाधिकारीहरूले पनि राजीनामा दिने तयारी गरेका छन्।
तपाईको प्रतिक्रिया