समाज
जनकपुरमा स्थानीय र प्रहरीबीच झडप, दर्जनौँ सेल अश्रुग्यास प्रहार
आइतबार चैत १७, २०८१/ Sunday 03-30-25

धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३, बिन्धीमा युवक हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । १५ दिन अघिको घटनालाई लिएर जनकपुरमा प्रहरी र स्थानीयबीच झडप भएको हो।
प्रहरीले लाठी चार्जका साथ दर्जनौं अश्रुग्याँसका बन्दुक पड्काएको छ। छुरा प्रहारको घटनामा दोषी पक्राउको माग गर्दै जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध गरेपछि झडप भएको हो। प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ ।
गत चैत २ गते होली खेल्ने क्रममा कुर्ता च्यातिएको निहुँमा स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले पप्पु यादवका छोरा १५ वर्षीय आशुलाई घरबाट बोलाएर छुरा प्रहार गरी बीभत्स हत्या गरेका थियो । घटना लगत्तै धर्मेन्द्र पक्राउ परेका थिए।
अहिले स्थिति नियन्त्रणमा आइसकेको धनुषा प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया